बाघ हेर्न निकुञ्जमा पर्यटक बढे

काठमाडाैं | साउन ३०, २०७९

बाघ हेर्न निकुञ्जमा पर्यटक बढे

 

बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । यसवर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २० वटा पाटे तथा वयस्क बाघ गणना भएको छ । 

 

 बाघ हेर्न उद्देश्यले पर्यटक जङ्गल घुम्छन् । बाघ देखेपछि निकुञ्ज घुम्ने पर्यटक खुशी हुने गरेको पथप्रदर्शक अनुराम चौधरीले बताउनुभयो । “यो मौसममा पर्यटकको बाघ हेर्ने इच्छा पूरा हुन्छ”, चौधरी भन्नुहुन्छ, “ बाघ देख्दा उनीहरु खुशी हुन्छन्” । बाघकै कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा यो निकुञ्ज परेको छ । निकुञ्जको मुख्य क्षेत्र घुम्ने पर्यटकको सङ्ख्या बढेको प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो । 

 

गत आर्थिक वर्षमा १० हजार बढीले निकुञ्ज घुमेका छन् । “यो सङ्ख्या हाम्रो लागि सुःखद हो”, प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भन्न्भयो,“अहिले बाघ देखिने मौसम भएकोले पर्यटकको सङ्ख्या बढ्ने विश्वास छ ।” 

काठमाडौं:  देशका केही भू-भागमा आज  मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन बैंकिंग सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।   एक निर्देशनामार्फत केन्द्रीय बैंकले होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचन...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका ६ ड्यामसाइड नजिकै खोलामा सुटकेसभित्र एक युवतीको शव फेला परेको छ ।   वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार अन्दाजी २०/२५ वर्ष जस्तो देखिने...

थप पढ्नुहोस्